About Us

ERO

प्रकाश लुइँटेल
प्रमुख कार्यकारी अधिकृत

ERO

पवित्रा रायमाझी
लेखा/प्रशासन प्रमुख

ERO

रामहरी खत्री
कर्जा अधिकृत

ERO

निर्मला त्रिपाठी
सुपरभाइजर

ERO

गीता धिताल
स.सुपरभाइजर

ERO

हिमाल बहादुर बस्नेत
सि.कर्जा सहायक

ERO

सरस्वती खड्का
कर्जा सहायक

ERO

रचना कोइराला
रिसेप्सनिस्ट

ERO

अम्बिका भण्डारी
बजार प्रतिनिधि

ERO

निर्जल दोङ्ग
बजार प्रतिनिधि

ERO

राधिका कुंवर
बजार प्रतिनिधि

ERO

दोम्काली भुसाल
कार्यालय सहायक


परिचय

कुनै पनि संस्था स्थापना भएपश्चात त्यसलाई लक्ष्यमा पुर्‍याउन धेरै आरोह अवरोह व्यहोर्दै थोपाबाटै सुरुवात गर्नु पर्छ । स्थापनाकाल देखिनै अनवरत रुपमा यस संस्थामा कार्य गरीरहेको सञ्चालक समिती, लेखा समिती, सल्लाहकार समिती, अन्य उप–समितीहरु, तथा कर्तब्यनिष्ठ भई कार्यरत संस्थाका कर्मचारीहरुले पनि संस्था संचालनमा आईपरेका आरोह अवरोहलाई पाठको रुपमा सिक्दै थोपाबाट सुरु भएको यस संस्थालाई यहाासम्म सफलतापुर्वक ल्याइएको छ ।
समता बचत समूहबाट शुरुवात गरी संस्थालाई १३औं वर्षसम्म सफलतापुर्वक डोर्‍याउने काममा हामीले भुल्न नसक्ने र भुल्न नहुने समता बचत समुहका साथीहरुको योगदान पनि हो । जुन साथीरुले डिलाईट स्थापना गर्नु भन्दा अघि देखि नै उक्त समूहका सबै साथीहरुले संस्थालाई यो स्थान सम्म ल्याउन सकदो प्रयास गर्नुभयो ।
यहाा सम्म आईपुग्दा यस संस्थाले १७८९ सदस्य प्राप्त गरेको छ भने धेरै सुभेच्छुक, शुभचिन्तकहरुको साथ पाएको छ । त्यसै गरि विषयगत संघ, राष्ट्रिय सहकारी बैंक, महेन्द्र नारायण नीधी मेमोरियल अस्पतालमा आवद्ध भई सहयोग प्राप्त गरिरहेको छ । सहकर्मी संस्थाहरुसाग असल सम्बन्ध विस्तार गरीरहेको छ । यस संस्थाले महत्वकांक्षी आर्थिक काराबारलाई भन्दा समय सापेक्ष विश्लेषण सहित चुस्त आकारको अािर्थक कारोबारलाई प्राथमिक्ता दिने गरेको छ । भविष्यमा डिलाईट नामको अर्थ जस्तै सम्पूर्ण सदस्यलाई उज्यालो, आनन्द, खुशी तथा समृद्ध बनाउने उदेश्य प्राप्तिको प्रतिवद्धता व्यक्त गर्दछौं ।
 
सहकारिताको परिभाषा, मूल्य, मान्यता तथा सिद्धान्तहरू
परिभाषा
सहकारी संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यबसाय मार्फत आफ्ना साझा, आर्थिक, सामाजिक र साास्कृतिक आवश्यकता तथा आकांक्षाहरु प्रिपूर्ति गर्न स्वेच्छिक रुपमा एक जुट हुने व्यक्तिहरुको स्वायत्त संगठन 
हो ।