अध्यक्षको सन्देश
अध्यक्षको मन्तव्य पुष्प विष्ट अध्यक्ष २०६६ बैसाख १६ गते विधिवत रुपमा “एक एक रुपैया गर्दै बचत गरौ, आर्थिक क्रान्तिको लागि डिलाईट संगै अघि बढौं” भन्ने नाराको साथ बचत मार्फत शेयर सदस्यहरुको भबिष्य सुनिश्चित गर्न र समृद्धिको यात्रा तय गर्नको लागि सदस्यहरुमा बचत गर्ने बानिको बिकास तथा व्यवसथापन गर्दै सदस्यहरुलाई विभिन्न व्याबसायिक लक्ष्य तथा योजनाहरुमा कर्जा प्रबाह गरि निजहरुको जीवनस्तरमा परिवर्तन ल्याउन उल्लेखनिय भुमिका खेल्दै संस्था सञ्चालन प्रकृयामा आइरहेको कयौ उल्झनहरुलाई पन्छाउंदै गरेका र गर्नुपरेका संघर्सहरुलाई मनन् गर्दै सहकारी सञ्चालनमा असल निति ,नियम, विचार र व्यवहार आदि कुराहरुको अनुसरण गर्दै यस साधारण सभासम्म आइपुग्दा संस्थामा सदस्य सहभागिता आर्थिक कारोवार अभियानमा नेतृत्व र सामुदायिक गतिविधिमा संलग्नताका आधारमा यस अनामनगर क्षेत्रमा अग्रणि सहकारी संस्थाको रुपमा स्थापित भएको सर्व विधितै छ । आदरणिय शेयर सदस्य महानुभावहरु संस्थाको प्रगति प्रतिवेदन, सञ्चालक समितिले गरेका महत्वपुर्ण निर्णयहरु र आ.व. २०८०÷८१ मा भए गरेका कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु । १. सञ्चालक समितिको बैठक ३९ पटक बसेको छ । लेखा सुपरिवेक्षण समितिको बैठक ४ पटक बसेको छ । ऋण उपसमितिको बैठक ६२ पटक बसेको छ । साथै अन्य समिति उपसमितिको बैठक आवश्यकता अनुसार समय समयमा बस्ने गरेको छ । २. संस्थाको मुनाफाबाट गत आ.व.२०८०÷८१ सम्म जगेडा कोषमा जम्मा रु.३,७३,८२,९२२।९१ पु¥याउन सफल भएका छौं । साथै घाटा पुति कोषमा जम्मा रु.३२,३५,१८५।९३ र अन्य जोखिम व्यवस्थापन कोषहरु रु.१६,६३,५६९।३४ रहेको छ । ३. स्थितिकरण कोषको स्थापनादेखि अहिलेसम्म निरन्तर रुपम कोषमा जम्मा गर्दै आईरहेका छौ हालसम्म यस कोषमा रु.१६,५१,४६९।०० जम्मा भैसकेको जानकारी गराउन चाहन्छु । ४. संस्थाले विभिन्न समयमा कर्जा लिएर नतिरेका ऋणी सदस्यहरु मध्यमा धितो भएका ऋणीहरुको हकमा धितो लिलामिको प्रकृया अघिबढाईने छ भने सामुहिक जमानिमा ऋण लगिनी गरिएका ऋणी सदस्यको हकमा सम्मानित जिल्ला अदालत काठमाण्डौंमा मुद्धा दर्ता गरि कर्जा असुलिको प्रकृया अगाढि बढाईएको विषय यस सभा समक्ष जानकारी गराउन चाहान्छु । ५. पल्र्स मनिटरिङ्ग सिस्टम ९एभ्ब्च्ीक् ःइल्क्ष्त्इच्क्ष्ल्न् क्थ्क्त्भ्ः० ले निर्धारण गरेको विभिन्न ईण्डिकेटरहरू लाई टेकेर संस्थाको संचालक समितिको हरेक मासिक बैठकमा छलफल गर्ने गरिएको र त्यसैको आधारमा संस्थालाई दिगो र सवल बनाउन सकिएको छ । ६. प्रतिस्पर्धात्मक बजारको साथै तरलता र जोखिमको विश्लेषणलाई ध्यानमा राखी बचत तथा ऋण लगानीको ब्याजदरमा समय सापेक्ष समय समयमा परिमार्जन गरिएको छ । ७. स्थानीय जनतासँग सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रम तथा रक्तदान लगायत अन्य सेवामूलक कार्यक्रमलाई निरन्तरता दिदै आएका छौं । ८. नेफ्स्कुनले सञ्चालन गरेको पुर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) कार्यक्रम नविकरण गरि निरन्तरता दिईएको छ । ९. नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेप्mस्कुन) को ३२ औं बार्षिक साधारण सभामा भाग लिन यस संस्थाका उपाध्यक्ष श्री विष्णु प्रसाद निरौलाज्यू र राष्ट्रिय सहकारी बैक लिमिटेडको २० औं बार्षिक साधारण सभामा भाग लिन यस संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश लुईटेल ज्यू सहभागिता जनाउनु भएको छ । १०. संस्थाको १५ औं बार्षिक उत्सव बृहत रक्तदान तथा सदस्य शिक्षा कार्यक्रम गरी सदस्यलाई सहकारी शिक्षा कार्यक्रम अन्तरगत सहकारीको अवस्था सहकारीको आवश्यक्ता र बचत वृद्धिमा जोड गर्न प्रेरित गर्ने एकदिने कार्यशाला गोष्टी आयोजना गरेर मनाईयो । रक्तदान कार्यक्रम डिलाईटको आयोजनामा सह आयोजक मोवाईल वितरक संघ, कर सहयोगि श्रमिक संगठन र नेपाल लायन्स क्लव अफ काठमाण्डौ कालिका रहेको थियो । ११. देशमा विधमान आर्थिक मन्दिका कारण संस्थाले ऋणी सदस्यहरू बाट लिने गरेको ऋण विलम्ब शुल्क असार मसान्त सम्मको लागि सम्पुर्ण ऋणीहरूको लागि छुट गरिएको थियो । १२. मिति २०८१ ज्येष्ठ २ गते बुधबार देखि ५ गते शनिवार सम्म ४ दिने त्रिसुली बिच रिसोर्ट गल्छि गा.पा. ६, बैरेनी धादिङमा संस्थागत विकास तालिम ९क्ष्म्० संस्थाको वित्तीय अवस्थाको पहिचान एवं विश्लेषण, सञ्चालक समितिको ज्ञान सीप र क्षमता, साकोसको अवस्था विश्लेषण, रणनीतिक योजना, ऋण तथा जोखिम व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, व्यावसायिक साकोस निर्माण प्रकृया र स्व.मूल्याड्ढन तथा योजना विकास विषयहरूमा नेप्mस्कुनको सहजकर्ता प्रशिक्षक उपलब्ध गराई संस्थाको संचालक समिति, लेखा समिति अन्य उप–समिति र उच्च पदस्थ कर्मचारीहरू समेत २५ जना सहभागि हुनुभएको थियो । १३. सञ्चालक समिति, कर्मचारीहरूलाई राष्ट्रिय सहकारी बैकले प्रदान गरेको सहकारी ब्यवस्थापन तालिम, विस्तृत कर्जा ब्यवस्थापन तालिममा सहभागीता जनाएर सञ्चालक तथा कर्मचारीको क्षमता बृद्धिमा सहयोग गरिएको छ । १४. यस संस्थाको सामाजिक कार्य अन्र्तगत महिला उपसमितिको नेतृत्वमा सञ्चालक समिति, आदणिय शेयर सदस्य महानुभावहरू राष्टिय स्तरको ब्राण्ड लिने कार्यमा संस्थाको प्रयास विगत बर्षहरू देखि रहदै आएकोमा चालु आर्थिक बर्षमा अझ जिवन्त रुममा निरन्तरता दिईने छ । हाल देशमा वित्तीय सङकट रहेको छ आर्थिक गतिविधिहरू त्यति चलायमान् हुन सकेको छैनन् । परिस्थिति विषम र जटिल अवस्थामा छ । त्यसैको परिणाम धेरै सहकारी संस्थाहरूमा जटिलता पैदा भएकै कारण सदस्यले राखेको बचत जोखिममा परेको छ । यस्तो अवस्थामा समेत सदस्यहरूको भरोसा र विश्वासमा कमि नभएकैकारण संस्थाले आप्mना गतिविधहरू नियमित र सहजताका साथ सञ्चालन गर्दै आईरहेको छ । आजको युग डिजिटलको युग भएकोले नवीनतम प्रविधिको प्रयोग गर्दै संस्थाको आर्थिक कारोबारलाई प्रविधि मैत्री तथा नगदरहित अभौतिक कारोवार मार्फत अघि बढ्नुपर्ने आवश्यकता महसुस गरी आफ्नै एप्स सञ्चालनमा ल्याउन लागिएको छ । सदस्यहरूको चाहाना बमोजिम संस्था सञ्चालन गर्ने कार्यमा सदस्यको विश्वासलाई अझै प्रगाढ बनाउदै अघि बढ्नेकार्यमा संस्था कहीँ कतै नचुक्ने प्रतिबद्धता समेत ब्यक्त गर्दछु । अन्तमा, संस्थाले हासिल गरेको यस सफलतामा साथ दिनुहुने सम्पूर्र्ण सदस्य महानुभावहरू, कर्मचारी वर्गहरू लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग र साथ दिनुहुने अन्य सम्पूर्र्ण शेयर सदस्य तथा शुभचिन्तक महानुभावहरूमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गर्दछु । यति भन्दै यस सभामा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि ज्यूहरू सल्लाहकारज्यूहरू जो हाम्रा लागी प्रेरणाका श्रोत हुनुहुन्छ उहाँहरूबाट संस्थालाई अघि बढाउनको लागी पे्ररणादायी भनाईहरू प्राप्त हुनेछन् भन्ने आशाका साथ मेरो मन्तव्य यही अन्त्य गर्न चाहान्छु । जय सहकारी !!! जय डिलाईट !!!
लेखा समिति, महिला उपसमिति, अन्य उपसमिति, कर्मचारी समेतको सहयोगमा शेयर सदस्य श्रीमती सरस्वती क्षेत्रीको क्यान्सर रोगको उपचारको लागि रू.. ६६,९२५÷– सहयोग गरियो ।