Message from MD

सञ्चालक समितिको तर्फबाट व्यवस्थापकज्यूको मन्तव्य

संचालक समितिको तर्फ बाट कोषाध्यक्ष श्री पदम नारायण त्रिपाठी ज्यू बाट प्रस्तुत आ.ब.०७३।०७४ आर्थिक प्रतिवेदन तथा आ.ब.०७३।०७४ को लागि प्रस्तावित बजेट

यस डिलाईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गरिमामय आठौं बार्षिक साधारण सभाका सभापति महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिज्यूहरु, समिति तथा उप–समितिका पदाधिकारी तथा सदस्यहरु, यस सस्थाका सम्पुर्ण उपस्थित शेयर सदस्य महानुभावहरु, हाम्रो निमन्त्रणालाई स्वीकार गरि पाल्नुहुने विन्नि तह तप्काका प्रतिनीधिज्यूहरु, पत्रकारज्यूहरु, यस सहकारी संस्थाको कार्यालय व्यवथापन टिमका सहयोद्घा साथिहरु लगायत उपस्थित हुनुभएका सम्पुर्ण महानुभावहरुमा हार्दिक स्वागत तथा सहकारी अभिवादन गर्न चाहन्छु ।

आदरणीय शेयर सदस्य महानुभावहरु,
अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको प्रतिवेदन बाट यहाँहरुले संस्थाको आ.व. ०७२।०७३ गतिविधि तथा कार्यप्रगतीबारेमा जानकारी पाईसक्नु भएको छ भने, सचिवज्यूले प्रस्तुत गर्नुभएको प्रतिवेदन बाट यहाँहरुले संस्थाको आ.व. ०७३।०७४ भावि कार्य योजना तथा नयाँ रणनीतिको बारेमा समेत जानकारी पाईसक्नु भएको छ । अव म यहाँहरु माँझमा यस संस्थाको कोषाध्यक्ष तथा ब्यवस्थापकको हैसियतले संक्षिप्त रुपमा लेखा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्न गईरहेको छु ।

शेयर तर्फ
आ. ब. ०७२÷०७३ को शुरुमा संस्थामा कुल चुक्ता शेयर पूँजी रु.२,८७,२२,६००÷– रहेकोमा उक्त आ.व. मा थप रु.१,२१,५८,४००÷– ले बृद्धि भई जम्मा रु.४,०८,८१,०००÷– भएको र उक्त आ.व.मा रु.१०,३३,०००÷– शेयर फिर्ता गरि यस बर्षको अन्त्यमा रु.३,९८,४८,०००÷– शेयर रहेको जानकारी गराउदछु । जुन गत वर्षको तुलनामा रु.१,११,२५,४००÷– ले बृद्धि भएको देखिन्छ ।

बचत तर्फ
आ. ब. ०७२÷०७३ को शुरुमा संस्थामा रहेको कुल बचत रकम रु.६,५१,५१,४५१÷७९ रहेकोमा उक्त आ.व. मा थप निक्षेप संकलन रु.४१,८८,२७,५९८÷१७ ले बृद्धि भई जम्मा रु.४८३९७९०४९÷९६ भएको र उक्त आ.व.मा रु.३८,५९,५५,१०३÷७५ बचत फिर्ता गरि यस बर्षको अन्त्यमा रु.९,८०,२३,९४६÷२१ बचत रहेको जानकारी गराउदछु । जुन गत वर्षको तुलनामा रु.३,२८,७२,४९४÷७२ ले बृद्धि भएको देखिन्छ ।

कर्जा तर्फ
आ. ब. ०७२÷०७३ को शुरुमा १६५ जना सदस्यहरुमा रु.७,२८,९५,५६५÷– लगानि रहि रहेकोमा शो वर्षमा थप ३३२ जना सदस्यहरुलाई रु.१८,८२,८१,१३४÷– कर्जा लगानि गरि जम्मा ४९७ जना सदस्यमा जम्मा रु.२६,११,७६,६९९÷– कर्जा लगानि गरेकोमा २१८ जना सदस्यहरु र अन्य ऋणी सहित बाट रु.१५,४२,०४,७४२÷– कर्जा असुली गरि २७९ जना सदस्यहरुमा रु.१२,५५,६१,५४९÷– लगानिमा रहि रहेको जानकारी गराउदछु । जुन गत वर्षको तुलनामा रु.५,२६,६५,९८४÷– ले बृद्धि भएको देखिन्छ ।

आम्दानी तर्फ
आ. ब. ०७२÷०७३ मा विभिन्न शिर्षकमा जम्मा आम्दानी रु.२,२७,८०,०२५÷०९ गर्न सफल भएका छौं । जुन गत वर्षको तुलनामा रु.६५,०३,६०६÷३८ ले बृद्धि भएको देखिन्छ ।

खर्च तर्फ
आ. ब. ०७२÷०७३ मा विभिन्न शिर्षकमा जम्मा खर्च रु.१,४९,१६,६८७÷०३ भएको छ । जुन गत वर्षको तुलनामा रु.१८,५८,२५८÷३४ ले बृद्धि भएको देखिन्छ ।

बचत तर्फ
आ. ब. ०७२÷०७३ मा जम्मा रु.७८,६३,३३८÷०६ बचत गर्न सफल भएका छौं । जुन गत वर्षको तुलनामा रु.४६,४५,३४८÷०४ ले बृद्धि भएको देखिन्छ ।

आयकर तर्फ
आ. ब. ०७२÷०७३ मा जम्मा रु.१५,७२,६६७÷६१ आयकर तिर्नको लागि ब्यवस्था गरेका छौं । जुन गत वर्षको तुलनामा रु.९२९०६९÷६१ ले बृद्धि भएको देखिन्छ । अब म आ.ब. ०७२÷०७३ को प्रस्तवित बजेट र आ.ब. ०७२÷०७३ असार मसान्त हिसाब किताबको तुलनात्मक अर्थिक प्रगति विवरण तथा आ.ब. ०७३÷०७४ को अनुमानित बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

आ.ब. ०७३÷०७४ प्रस्तावित बजेटको विवरण
अन्त्यमा, आ.ब. ०७२÷०७३ को हिसाव किताव, आ.ब. ०७३÷०७४ प्रस्तावित बजेट लगायत प्रतिवेदन सहित अन्य विषयहरुमा समेत बन्दसत्रमा विस्तृत रुपमा छलफल गर्ने नै छौ । शेयर सदस्यहरुको सद्भाव र सहकार्यबाट संस्थाले सफलताको सिँढी पार गर्दै आफ्नो सदस्य तथा समुदायमा ख्याती कमाउन सफल भएकोमा संस्थाका सम्पूर्ण सदस्य एवम् शुभ चिन्तकहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दै निरन्तर सहयोगको लागि अुनुरोध गर्दै नजिकिदै गरेको नेपालीहरुको महान चाड विजया दशमीको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्न चाहन्छु ।

।।। ।।। ।।। जय सहकारी ।।। ।।। ।।।