प्रमुख कार्यकारी अधिकृतको सन्देश

प्रकाश लुईटेल
प्रमुख कार्यकारी अधिकृत

काठमाण्डौ महानगरपालिका–२९, अनामनगरमा अवस्थित डिलाईट बचत तथा ऋण सहकारी संस्था लिं को आधिकारीक वेबसाईटमा म हार्दिक स्वागत व्यक्त गर्न चाहान्छु । 

संस्था स्वावलम्बन, स्व–उत्तरदायी, प्रजातान्त्रिक, समानता, न्याय र एैक्यवद्धता मूल्यहरुमा आधारीत छ । सहकारी संस्थाहरुका सदस्यहरुले इमान्दारीता, खुलापन, सामाजिक दायित्व र अरुको चासो राख्ने नैतिक मूल्यहरुमा विश्वास राख्छन् । हामि हाम्रा सदस्यहरु र सरोकारवालाहरुलाई दिगो र गुणात्मक सेवाहरु प्रदान गर्न प्रतिवद्ध छौं । बालबालिका, युवा, ज्येष्ठ नागरिक गरिबदेखीधनी सम्म सबैलाई समेट्ने गरि बचतमार्फत भविष्य सुनिश्चित गर्न र समृद्धिको यात्रा तय गर्नको लागि हामिले विशेष ध्यान दिएर बचत तथा ऋण योजनाहरु बनाएका छौ । 

यस डिलाईट साकोसले १५ बर्षको अवधिमा आर्थिक, सामाजिक, र सांस्कृतिक पक्षमा जे जति  कार्य गर्न सफल भयौं त्यसको अनुभवका आधारमा प्राप्त उपलब्धीहरुको रक्षा गर्दै सदस्यहरुलाई थप उधमशिल बनाउने, आत्मनिर्भर बनाउने, दिगो र गुणत्मक सेवाहरु प्रदान गर्न प्रतिवद्ध छौं । 
 

धन्यवाद १ १ १
प्रकाश लुईटेल
प्रमुख कार्यकारी अधिकृत