Message from Secretary

सञ्चालक समितिको आ.व. २०७९/८० को कार्यक्रम तथा योजनाको प्रतिवेदन सचिव श्री पदम नारायण त्रिपाठीज्यूबाट प्रस्तुत

आजको यस संस्थाको गरीमामय १४औं बार्षिक साधारणसभाका सभापति महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, यस सभामा पाल्नु भई सभाको गरिमा बढाई दिनुहुने अतिथिज्यूहरु, सल्लाहकारज्यूहरु, हाम्रो यस संस्थामा आवद्ध भई सहकार्य गरिरहनु भएका सम्पूर्ण सदस्य महानुभावहरु, सहकर्मी कर्मचारी मित्रहरु, पत्रकार महोदय, शुभेक्षुक तथा सज्जनवृन्दमा सहकारी अभिवादन व्यक्त गर्न चाहान्छु ।
आदरणीय सदस्य महानुभावहरु,
सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले यहाँहरु माझ वार्षिक प्रतिवेदन राखी सक्नुभएको छ । यस संस्थाको आ.व. २०७९/८० को वार्षिक कार्यक्रम तथा भावी योजनाको विषयमा यहाँहरु समक्ष संक्षिप्त विवरण राख्न चाहान्छु ।
वार्षिक कार्ययोजनाः
१.    आर्थिक वर्ष २०७९/८० को लक्षित ४९ करोड, ७५ लाखको बजेट तथा कार्यक्रमको लक्ष्य पूरा गर्न सम्पूर्ण समिति, उप–समिति, कर्मचारी तथा शेयर सदस्यहरुलाई सक्रिय बनाईने लक्ष्य लिएका छौं ।
२.     संस्थाको स्थायीत्वको लागि संस्थाको कार्यक्षेत्र का.म.न.पा. वडा नं. २९, अनामनगर, धोविखोला करिडोरमा ३ आना जग्गामा स्टिल स्ट्रक्चर को घर निर्माण गरि कार्यलय आफ्नै भवनमा स्तानान्तरण गर्ने लक्ष्य लिएका छौ ।
३.    संस्थाले यस वर्ष पनि क्षमता अभिबृद्धि तथा सुशासनका लागि आफ्ना कर्मचारी, सञ्चालक समिति, लेखा समिति, उप–समिति तथा शेयर सदस्यहरुलाई चरणबद्ध रुपमा तालिम, गोष्ठि, सेमिनार तथा शैक्षिक भ्रमणमा सहभागी गराउने लक्ष्य राखेका छौं ।
४.     स्थानीय जनतासँग सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रम तथा रक्तदान लगायत अन्य सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य लिएका छौं । 
५.     कर्मचारीहरु संस्थाको मेरुदण्ड हुन् । प्रोत्साहन स्वरुप संस्थाले हरेक वर्ष उत्कृष्ट कर्मचारीहरुको छनौट गरी नगद तथा प्रमाणपत्रबाट सम्मान गर्ने गरीएकोमा यस वर्ष समेत नगद बृद्धी गरी प्रदान गरीनेछ ।
६.     सदस्यहरुमा भैपरि आउने घट्नालाई मध्यनजर गर्दै विशेष राहतको लागि प्याकेज बनाईनेछ ।
८.    दैनिक मासिक बचतकर्ताहरुलाई आवधिक बचत गर्न लगाउने जसले गर्दा संस्थालाई लगानीको योजना बनाउन सजिलो हुनेछ र शेयर सदस्यहरुलाई पनि प्रतिफलको हिसाबमा राम्रो  हुनेछ भन्ने लक्ष्य लिएका छौं ।
९.    निरन्तर बचत नगर्ने बचतकर्ताहरुलाई निरन्तर बचत गर्न लगाउने र निरन्तर मासिक बचत गरिरहेको शेयर सदस्यहरुलाई सकभर मासिक बचत रकम बृद्धि गर्न लगाउने लक्ष्य लिएका छौं । 
१०.    संस्थामा कुनै पनि शेयर सदस्यको श्रीमानको मात्र खाता छ भने श्रीमतीलाई श्रीमतीको मात्र खाता छ भने श्रीमानलाई खाता खोलाउने र दुबैको छ भने निजहरुको आमा बुबा र छोरा छोरीको खाता खोल्न लगाउने र अविवाहित शेयर सदस्यको हकमा निजहरुको आफन्तको खाता खोल्न लगाउने लक्ष्य लिएका छौं । 
११.    प्रत्येक शेयर सदस्यहरुको मासिक बचत खाता अनिवार्य हुनुपर्ने नियम रहेकोमा केहि शेयर सदस्यहरुको मासिक बचत खाता नरहेकोले निजहरुलाई खाता खोलाई निरन्तर बचत गर्न लगाउने योजना बनाएका छौं । 
१२.    मासिक बचत न्यूनतम हजार हुनुपर्ने तर बचत गर्न नसक्नेलाई क्षमता अनुसार कम बचत गर्न सकिने योजना अनुरुप बचत खाताहरुमा केहि शेयर सदस्यहरुको मासिक रुपमा कबुल गरेको बचत निरन्तर रुपमा संकलन नभएकोले निरन्तर बचत गरि सहयोग गरिदिनुहुन आज यस सभाहल बाट अनुरोध गर्न चाहन्छु साथै आउने वर्र्षमा संस्थाका सम्पूर्र्ण शेयर सदस्यज्यूहरुलाई निरन्तर बचत गर्न लगाउने लक्ष्य लिएका छौं ।
१३.    शेयरमा जति जम्मा गरिन्छ आवधिक बचतमा पनि त्यतिनै जम्मागर्नुपर्ने साथै हाल कायम रहेको शेयर सदस्यहरुको पनि शेयर बाराबरको आवधिक बचत पनि पु¥याउनुपर्ने योजना संस्थाले तयार गरेकोले शेयर सदस्यहरुलाई शेयर सँगै बचत पनि बृद्धी गर्न लगाउने लक्ष्य लिएका छौं । 
१४.    समिति, उप–समिति र कर्मचारीलाई मासिक रुपमा कम्तिमा २ जना शेयर सदस्य वृद्धि गर्न लगाउने तथा शेयर सदस्यहरुलाई मासिक रुपमा कम्तिमा एक जना शेयर सदस्य वृद्धि गर्न लगाउने लक्ष्य लिएका छौं । 
१५     संस्थाको शेयर, बचत र कर्जा सम्बन्धमा योजनाहरु तथा अन्य कुनै योजनाहरु भएमा शेयर सदस्यहरुसंग सुझावको रुपमा संकलन गरि उपयुक्त योजनालाई लागू गरिने भएकोले आजको सभाहल बाट लिखित रुपमा सुझावहरु आओस भन्ने अपेक्षा लिएका छौं ।
१६     सहकारीको नयाँ नीति नियमहरु प्राप्त निर्देशन तथा सुझावहरुलाई क्रमश कार्यान्वयन गर्दै लैजाने छौँ जसले संस्थालाई गहकिलो र मजबुत बनाउने आशा गरीएको छ ।
१७.     राज्यले घोषणा गरे अनुसारका विशेष नागरिक सदस्य (अपाङ्ग, बृद्ध, अशक्त, एक्कल महिला) लाई उचित व्यवस्थाको लागि अध्ययन गरी सम्मान तथा उचित सहयोग गरिने लक्ष्य लिएका छौं ।
१८. “डिलाईट हाम्रो सहारा” हाम्रो दीर्घकालीन लक्ष्य रहेको हुनाले १० वर्षे योजना सहित  सदस्यहरुको हितमा गुरु योजना तयार गर्ने लक्ष्य लिएका छौं ।
१९. “भगवानको धाम” कार्यक्रम अन्तर्गत ज्येष्ठ सदस्यहरुलाई गत वर्ष विविध कारणले भ्रमण गराउन नसकिएकोले यस वर्ष कोभिड–१९ को अवस्था ठिक भएमा कम्तीमा एक धाममा भ्रमण गराउने लक्ष्य लिएका छौं ।
२०.     संस्थाको वृद्धि सँगै आधुनिकिकरण तथा प्रबिधियुक्त गराउदै लैजाने तथा शेयर सदस्यहरुले घरमै बसि संस्थामा प्रबिधि मार्फत बचत गर्न मिल्ने, बचत निकाल्न मिल्ने, एसएमएस मार्फत आफ्नो मौज्दात थाहा पाउन सकिने, संस्थाको सूचनाहरु समयमा नै प्रबिधिको सहायताले प्राप्त गर्न सकिने लगायतका नयाँ प्रविधिहरुलाई प्रयोगमा ल्याउने लक्ष्य लिएका छौं ।
२१.     संस्थाको शेयर सदस्यहरु सँग मासिक रुपमा संस्थाको आर्थिक लगायत अन्य विषयहरुमा छलफल गर्नको लागि प्रत्येक महिना संस्थाको आर्थिक लगायत अन्य विषयहरु जानकारी गराउने व्यवस्था रहेको यसै सभा बाट जानकारी गराउँदछु । उक्त समयमा सदस्यहरु बाट प्राप्त सल्लाह सुझाव लिई उचित सल्लाह सुझावलाई  कार्यान्वयन गर्ने लक्ष्य लिएका छौं ।
२२.     संस्थाको आर्थिक कारोबारलाई पारदर्शिताका साथ नाफामूलक र अधिकतम लाभांश वितरण गर्ने योजना तथा लक्ष्य लिएका छौं ।
२३.     संस्थाको कार्यक्षेत्र आवश्यकता अनुसार विस्तार गर्न तथा सहकारी बीच समन्वयन गरि एकिकरण गर्ने लक्ष्य लिएका छौं ।
अन्तमाः
संस्थाले हालसम्म गरेका कार्यहरुको मुल्याङ्कन तथा संस्थाको आन्तरिक सबलता तथा दुर्वलताको यथार्थ विश्लेषण गर्दै दुर्वल पक्षलाई हटाउदै जाने र सबल पक्षलाई तुलनात्मक लाभका क्षेत्रमा उपयोग गर्न र चुनौतिहरुको सामना गर्न प्रयोग गरिनेछ । गतिशील समाजमा समयको गतिशीलता सँंगै संस्थाका सदस्यहरुको चाहना र आवश्यकता पनि परिवर्तनशील हँुदै जाने तथ्यलाई मध्यनजर गर्दै यहाहरुको सल्लाह, सुझाव, सहयोग र समर्थन को आधारमा आधुनिक सहकारीताका मान्यताहरुलाई व्यवहारमा उतार्ने भरमज्दुर प्रयत्न गरिनेछ । संस्थालाई सुरक्षाको र सहभागिताको दृष्टिकोण बाट नेपालको सन्दर्भमा नमुना सहकारीको रुपमा समुदायमा परिचित गराउन आवश्यक पर्ने रणनितिको विकास गरि लागु गरिनेछ ।
हाम्रो काँधमा ठुलै जिम्मेबारी आएको हामिले महसुस गरेका छौँ । तपाईहरुको माया, विश्वासलाई हामिले आत्मसात गर्दै यो संस्थालाई ईमान्दारीका साथ, निष्ठापूर्वक, मिहिनेतका साथ, कोहि कसैलाई विभेद नगरि, नेपाल सरकारको कानून तथा सहकारी सँग सम्बन्धित ऐन, नियम र कानुनलाई पालना गर्दै निष्पक्षताका साथ, संस्थालाई उचाईमा पु¥याउने र मेरो भन्ने भावना भन्दा पनि हाम्रो भन्ने भावनालाई जगृत गराई सबैले यो संस्थालाई हाम्रो भन्न सक्ने बातावरण सृजना गर्दै तपाईहरुसँगै सहकार्य गर्दै तपाईहरु सँग सल्लाह सुझाव लिँदै संस्थाको प्रगतिमा अहोरात्र खट्ने प्रतिबद्धत्ता यहाँहरु माझ गर्न चाहन्छौं । संस्थाका सल्लाहकार, अभिभावक, अग्रजहरुबाट समेत प्राप्त सुझावहरु कार्यान्वयन गर्दै लगिने व्यहोरा जानकारी गराउन चाहान्छु ।
संस्था प्रति शेयर सदस्यहरुको ठूलो विश्वास कायम राख्न तथा यस संस्थालाई सम्पूर्ण शेयर सदस्यहरुको आफ्नै संस्था हो भन्ने विश्वास दिलाउन संस्थागत शुसासन, वित्तीय अनुशासन, आन्तरीक नियन्त्रण प्रणाली एवम् पारदर्शीतालाई परिचालन गराउँदै ईमान्दारिताका साथ लागि रहने विश्वास दिलाउँदै म विदा हुन्छु ।         

!!! जय सहकारी !!!
!!! जय डिलाईट !!!