Message from Coordinator

लेखा समितिको तर्फबाट संयोजक श्री उपेन्द्र बहादुर अधिकारज्यूको आ.व. २०७८/०७९ को लेखा सम्बन्धी प्रतिवेदन


यस डिलाईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गरिमामय १४औं वार्षिक साधारण सभाका सभापति महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिज्यूहरु, समिति तथा उप–समितिका पदाधिकारी तथा सदस्यहरु, यस सस्थाका सम्पूर्र्ण उपस्थित शेयर सदस्य महानुभावहरु, हाम्रो निमन्त्रणालाई  स्वीकार गरि पाल्नुहुने विभिन्न तह तप्काका प्रतिनीधिज्यूहरु, पत्रकारज्यूहरु, यस सहकारी संस्थाको कार्यालय व्यवस्थापन टिमका सहयोद्घा साथिहरु लगायत उपस्थित हुनुभएका सम्पूर्र्ण महानुभावहरुमा हार्दिक स्वागत तथा सहकारी अभिवादन गर्न चाहन्छु ।
आदरणीय सदस्य महानुभावहरु,
अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको प्रतिवेदन बाट यहाँहरुले संस्थाको आ.व. ०७८।०७९ सालको गतिविधि तथा कार्यप्रगती बारेमा जानकारी पाईसक्नु भएको छ भने, सचिवज्यूले प्रस्तुत गर्नुहुने प्रतिवेदन बाट यहाँहरुले संस्थाको आ.व. ०७९।८० सालको भावि कार्य योजना तथा नयाँ रणनीतिको बारेमा जानकारी पाउनु हुनेनैछ । अव म यहाँहरु माँझमा लेखा समितिको संयोजकको हैसियतले यस संस्थाले १३औं बसन्त पार गरि १४औं साधारण सभा भव्यताका साथ सु–सम्पन्न गर्न गईरहेको यस शुभ अवसरमा लेखा समितिले आ.व. २०७८।०७९ मा संस्थाको लेखा चुस्त दुरुस्त राख्नका लागि लेखा परिक्षण तथा अनुगमन र सुपरिवेक्षण सम्बन्धी कार्यका लागि आवश्यकता अनुसार विभिन्न मितिमा ४ पटक बैठक बसि भए गरेका कार्यहरुको संक्षिप्त विवरण बुँदागत रुपमा प्रस्तुत गर्न गईरहेको  छु ।
ड्ड    संस्थाले अघिल्लो साधारण सभाबाट पारित गरेका राय सुझावहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै आएको पाईयो ।
ड्ड    संस्थाले सम्पत्ति, सामानहरुको अभिलेख दुरुस्त राखि नियमानुसार ह«ास कट्टि गरी मौज्दात देखाएको पाईयो ।
ड्ड    संस्थाले पुँजीको सङ्कलन र परिचालन उचित तवरले गरी आएको पाईयो ।
ड्ड    संस्थाको नगद समयमा बैंकमा जम्मा गर्नुका साथै बिमाको सिमा भित्र नगद मौज्दात राख्ने र नियमानुसार ढुकुटी सञ्चालन गर्दै आएको पाईयो ।
ड्ड    संस्थाले शेयर सदस्यहरुको सुझाव र अन्य बैक तथा वित्तीय संस्थाहरुको ब्याजदरलाई  विश्लेषण गरी समय समयमा बचत र ऋणको ब्याजदर हेरफेर गरी लागु गर्दै आएको पाईयो ।
ड्ड    संस्था निति नियम भित्र रहि अनुशासित भै चल्नु पर्छ भन्ने मान्यता बमोजिम संस्थाको समिति, उप–समितिहरुका नियमित बैठक बसी सहकारी विभाग तथा कार्यालयबाट भएका एकिकृत निर्देशन अनुरुप नियमित रुपले संस्था संचालनमा रहेको पाइयो ।
ड्ड    विविध सुझावहरु
(क) कर्मचारीहरुलाई आधुनिक प्रविधि सम्वन्धि तालिम उपलब्ध गराई सक्षम बनाउदै जानुपर्ने ।
(ख) संस्थाका ऋणी तथा सदस्यहरुलाई सहभागी गराई अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुपर्ने ।
(ग) संस्थाको आर्थिक कारोवार दिन प्रतिदिन बढ्दै गएकोले संस्थाको सम्पुर्ण आर्थिक कारोवारलाई चुस्त र दुरुस्त राख्नका लागि आन्तरिक लेखा परिक्षक राख्नपर्ने ।
(घ) समयानुकुल प्रविध युक्त सफ्टवेयर प्रयोग गरी शेयर सदस्यलाई एप तथा अनलाईन सेवा प्रदान गनुपर्ने ।
अन्त्यमा,
संस्थाका सल्लाहकार, अभिभावक, शेयर सदस्यहरुबाट प्राप्त सुझावहरु कार्यान्वयन गर्दै लगिने व्यहोरा जानकारी गराउँदै मेरो प्रतिवेदन अन्त्य गर्न चाहान्छु ।

।।। जय सहकारी ।।।
।।। जय डिलाईट ।।।