संयोजकको सन्देश
लेखा तथा अनुगमन समितिको प्रतिवेदन उपेन्द्र बहादुर अधिकारी संयोजक यस डिलाइट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभाका सम्माननीय अध्यक्षज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि, विशिष्ट अतिथि, समिति तथा उपसमितिका पदाधिकारी तथा सदस्यहरू, यस संस्थाका सम्पूर्ण शेयरधनी तथा सदस्यहरूलाई हाम्रो निमन्त्रणा। । यस सहकारी संस्थाको कार्यालय व्यवस्थापन टोलीका विभिन्न तहका प्रतिनिधि, पत्रकार, कमरेडहरु लगायत उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक स्वागत तथा सहकार्यको शुभकामना व्यक्त गर्दछु । संस्थाको आर्थिक कृयाकलापको लेखा तथा हरहिसाब नेपाल लेखामान तथा सर्वमान्य सिद्धान्त अनुसार दोहोरो श्रेस्ता प्रणालीमा आधारित छ र एकाउण्टिङ्ग सफ्टवेयर प्रयोग गरी कम्प्यूटरको माध्यामबाट लेखा राख्ने गरिएको छ जस्ले गर्दा लेखा पारदर्शि हुनुका साथै आवश्यक परेको समयमा सम्पूर्ण हिसाबहरूको विवरण प्राप्त गर्न समिने अवस्था रहेको छ ।
.
संस्थाले अघिल्लो साधारण सभाबाट पारित गरेका राय सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै आएको पाईयो ।
आर्थिक प्रशासन आन्तरिक कार्यविधि अनुसार संस्थाको आर्थिक कारोवारहरू भएको पाएका छौ । ऋण लगानि तथा बचत संकलन लगायतका अन्य कार्यहरू पनि आन्तरिक कार्यविधि बनाई सोहि अनुसार कार्य भैरहेको देखिन्छ ।
लेखा समितिले बैठक बसि राय, सल्लाह तथा सुझावहरू दिईएकोमा शो को अधिकतम मात्रामा कार्यन्वयन गरेको पाईयो ।
खर्च गर्न मिल्ने कोषको शिर्षक अनुसार शेयर सदस्यको क्षमता अभिबृद्धि विकासको लागि कम्तिमा २५ प्रतिशत खर्च गर्ने सल्लाह दिइन्छ ।
संस्था निति नियम भित्र रहि अनुशासित भै चल्नु पर्छ भन्ने मान्यता बमोजिम संस्थाको समिति, उप–समितिहरूका नियमित बैठक बसी सहकारी विभाग तथा कार्यालयबाट भएका निर्देशन अनुरुप नियमित रुपले संस्था संचालनमा रहेको पाइयो ।
संस्थाको पदाधिकारी, कर्मचारी तथा शेयरसदस्यहरूबाट संस्थाको हित विपरितको कार्य गरेको पाईएन ।
संस्थाको ब्यवस्थापनलाई चुस्त र दुरुस्त राख्नको लागि तथा संस्थामा आउने समस्याहरूलार्ई ब्यवस्थित तरिकाले हल गर्नको लागि संचालक समिति तथा व्यवस्थापकज्यूलाई सल्लाह तथा सुझावहरू दिने गरेकोमा शोहि अनुसार गरेको पाईयो ।
सहकारी विभाग तथा सहकारी प्रदेश मन्त्रालय बाट दिएको सुझावहरूलाई सुधार गरि लैजानको लागि संचालक समिति लाई सुझाव दिईएकोमा शोहि अनुरुप सुधार गर्दै गरेको पाईयो ।
अन्त्यमा,
संस्थाका सल्लाहकार, अभिभावक, शेयर सदस्यहरूबाट प्राप्त सुझावहरू कार्यान्वयन गर्दै लगिने व्यहोरा जानकारी गराउँदै मेरो प्रतिवेदन अन्त्य गर्न चाहान्छु ।
।।। जय सहकारी ।।।
।।। जय डिलाईट ।।।
English
Nepali