Introduction

परिचय
देशको आर्थिक अवस्थालाई दृष्टिगत गर्दै सहकारीताको अवधारणा बमोजिम संस्थाका सदस्यहरुबाट नियमित बचत गर्ने बानीको विकास गराउँदै आर्थिक दृष्टिकोणले पिछडिएका न्यूनआय भएका सदस्यहरुलाई सरल, उचित तथा सुलभ किसिमको ऋण प्रवाह गरी उनीहरुको आर्थिक तथा सामाजिक स्तरको अभिवृद्धि गराई देश विकासमा समेत महत्वपूर्ण टेवा पु¥याउने र अत्याधुनिक कम्प्युटराईज प्रणाली, वैज्ञानिक व्यवस्थापन तथा पारदर्शी एवं विशेष सप्mटवेय्र प्रणालि मार्फत सेवाहरु प्रदानगर्ने उदेश्यले सहकारी ऐन २०४८ बमोजिम यस डिलाईट वचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना मिति २०६६ साल बैशाख १६ गते विधिवत रुपमा गरिएको हो ।


यस संस्थाले शेयर सदस्यको बचतको पूर्ण सुरक्षा र त्यसमा आकर्षक प्रतिफल दिदै गुणस्तरीय सेवा प्रदानगर्ने प्रमुख लक्ष्य राखेको छ । थोपाथोपा मिलेर समुन्द्र बन्छ भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै सोको वास्तविकता कार्यान्वयन गर्ने सोच यस संस्थाले राखेको छ । सहकारीको नाममा भएको विकृतिको कारणले गर्दा कतिपय जनतामा भ्रम पैदा भएको पाईन्छ । त्यस्ता विकृतिबाट परेको नकारात्मक प्रभाव मेटाउँदै सहकारीताको माध्यामबाट समुन्नत समाजनिर्माण गर्ने लक्ष्य यस संस्थाले लिएको छ । सहकारीतालेनै देशको प्रतिकुल अवस्थालाई पनि धानिरहेको र सहकारीताको  माध्यामबाट नै समाज र देश नै द्रुतगतिमा अघि बढ्र्न सक्ने कुरा प्रमाणित भइसकेको छ । छरिएर रहेको सम्पूर्ण पेशा, वर्ग जाती समुदायका प्रतिभाका सिर्जनशीलतालाई उजगार गर्न, आत्मर्निभर बनाउन र उर्जा प्रदान गर्न उनिहरुलाई यस सहकारीमा आवद्ध गराई आर्थिक टेवा दिने सोच यस संस्थाले राखेको छ । खास गरी आफुमा शीप र क्षमता हुँदाहुँदै पनि आर्थिक अभावका कारण आप्mनो सिपलाई प्रयोग गरी आत्मनिर्भर हुन नसकेका वर्गलाई आत्मर्निभरताको ढोका खोलिदिने प्रमुख उदेश्य राखेको छ ।
डिलाईट विगतदेखि वर्तमानसम्मः
कुनै पनि संस्था स्थापना भएपश्चात त्यसलाई लक्ष्यमा पु¥याउन धेरै आरोह अवरोह व्यहोर्दै थोपाबाटै सुरुवात गर्नु पर्छ । स्थापनाकाल देखिनै अनवरत रुपमा यस संस्थामा कार्य गरीरहेको सञ्चालक समिती, लेखा समिती, सल्लाहकार समिती, अन्य उप–समितीहरु, तथा कर्तब्यनिष्ठ भई कार्यरत संस्थाका कर्मचारीहरुले पनि संस्था संचालनमा आईपरेका आरोह अवरोहलाई पाठको रुपमा सिक्दै थोपाबाट सुरु भएको यस संस्थालाई यहाँसम्म सफलतापुर्वक ल्याइएको छ ।
समता बचत समूहबाट शुरुवात गरी संस्थालाई १४औं वर्षसम्म सफलतापुर्वक डो¥याउने काममा हामीले भुल्न नसक्ने र भुल्न नहुने समता बचत समुहका साथीहरुको योगदान पनि हो । जुन साथीरुले डिलाईट स्थापना गर्नु भन्दा अघि देखि नै उक्त समूहका सबै साथीहरुले संस्थालाई यो स्थान सम्म ल्याउन सकदो प्रयास गर्नुभयो ।


यहाँ सम्म आईपुग्दा यस संस्थाले १८२७ सदस्य प्राप्त गरेको छ भने धेरै सुभेच्छुक, शुभचिन्तकहरुको साथ पाएको छ । त्यसै गरि विषयगत संघ, राष्ट्रिय सहकारी बैंक, महेन्द्र नारायण नीधी मेमोरियल अस्पतालमा आवद्ध भई सहयोग प्राप्त गरिरहेको छ । सहकर्मी संस्थाहरुसँग असल सम्बन्ध विस्तार गरीरहेको छ । यस संस्थाले महत्वकांक्षी आर्थिक कारोबारलाई भन्दा समय सापेक्ष विश्लेषण सहित चुस्त आकारको अािर्थक कारोबारलाई प्राथमिक्ता दिने गरेको छ । भविष्यमा डिलाईट नामको अर्थ जस्तै सम्पूर्ण सदस्यलाई उज्यालो, आनन्द, खुशी तथा समृद्ध बनाउने उदेश्य प्राप्तिको प्रतिवद्धता व्यक्त गर्दछौं ।